काठमाडौँ, १२ माघ । काठमाडौँ उपत्यकाका विभिन्न १६ वटा अस्पताललाई सरकारले ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । बिरामीको चाप बढी हुने ती अस्पतालहरुमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।