काठमाडौँ, ७ माघ । आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ । गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । त्यस्तै सरकारले काठमाडौँ उपत्यकामा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै छ ।