भक्तपुर, ६ मंसिर । भक्तपुरको एक उद्योगबाट कात्तिक ३० गते ढलौटका विभिन्न सामानहरु चोरी गरी फरार भएका गिरोहका चार भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पाँच दिनपछि पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा भारत मोतिहारी घरभई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साहु, भारत हैदराबाद…