काठमाडौँ, १८ मंसिर । भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावित उडान र अवतरण नियमित भएको छ । मौसम खुलेपछि उडान र अवतरण सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बिहान ६ सय मिटर भिजिबिलिटी थियो तर अहिले १५ सय मिटर पुगेको छ । केही दिनदेखि काठमाण्डौको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन ।…