हेटौंडा, २६ असोज । पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । पिङको लठ्ठा बाँध्ने क्रममा सोमबार बेलुका ६ बजे लडेका भीमफेदी गाउँपालिका–६ माण्डुका ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो । लामालाई उपचार गर्न हेटौंडा अस्पताल पुर्याइएको थियो । उनको गएराति १० बजेतिर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको…