काठमाडौँ, २८ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२६ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा छ हजार चार सय १८ सक्रिय संक्रमित रहेका छन् ।