बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

सिन्धुपाल्चोक, १० भदौ । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा…