सल्यान, ८ भदौ । सल्यानमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मर्मखोलाले बगाउँदा कुमाख गाउँपालिका–४ का ५१ वर्षीय लीलाधर शर्माको मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घरबाट रागेचौरतर्फ जाँदै गर्दा आज बिहान मर्मखोलामा बगाएको र उनको शव कुमाख गाउँपालिका–२ शान्ति बजारमा खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप…