भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

काठमाडौँ, २० असार । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर  ल्याइएका १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ ।  भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरेको हो । बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ ।…