काठमाडौँ, ८ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, पशुपतिनगरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । प्रहरीका अनुसार हिजोसाँझ रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नम्बरको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा प्र ०३–००५प ९०६९ नम्बरको…