काठमाडौँ, ५ भदौ । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराती भएको दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपलिका–४ दूधफारम चोकमा ट्राफिक प्रहरीसहित चेकिङ गरिरहेको थियो ।…