काठमाडौँ, १८ बैशाख । नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथि हुन सक्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज यहाँ भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’ अन्वेषण यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा फाउन्टेन पेन सङ्कलनमा विशेष रुचि राख्नुहुने भारतीय पत्रकार, शिक्षक र लेखक…