मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

भक्तपुर, ५ बैशाख । भक्तपुरमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । गएराति चाँगुनारायण गाउँपालिका-७ बागेश्वरीको ठूली गाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल पल्टिँदा सोही ठाउँका ४६ वर्षका दामोदर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । लामिछानेको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।