कर्णाली, ९ जेठ । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा…