ब्राउनसुगरसहित छ युवा पक्राउ

उदयपुर, १० चैत । चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई पक्राउ गरेको छ । सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१३ का ३० वर्षीय खगेन्द्र राई,…