मोरङ, २६ फागुन । विराटनगरबाट मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर नगरपालिका-१६ दक्षिण गेटबाट सोही महानगरपालिका-१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र वडानम्बर १६ दक्षिण बस्ने प्रेमबहादुर मगरलाई पक्राउ गरेको हो । सिन्धुपाल्चोकका दुईजना महिलालाई होटेलमा काम लगाइदिने प्रलोभनमा पारी…