औषधी तथा सर्जिकल सामान चोरी गर्ने चार जना पक्राउ

भक्तपुर, ५ माघ । मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधी तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगर लगायत ४ जनालाई गोदामबाट औषधी तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको…