काठमाडौँ, ४ चैत । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि सुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५ गतेदेखि मात्र सुरु भएको थियो । विशेष पूजा सुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि…