टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बर्दिया, ८ फागुन । बर्दियाको ठाकुरबाबा नगरपालिका-५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम…