काठमाडौँ, ३१ असार । मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार रामपुर–घोराही सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो । रामपुरबाट घोराहीतर्फ आउँदै गरेको…