रौतहट, २७ कार्तिक । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया एक युवतीको गोली हानी हत्या भएको छ । गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ…