रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल एकको मृत्यु

भक्तपुर, २५ असोज । भक्तपुरको सूर्यविनायकमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका चालक भक्तपुर नगरपालिका-४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी…