राजविराज, ३ कार्तिक । लागूऔषध खैरौ हेरोइनसहित दाजुभाइलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा र उनका भाइ १९ वर्षीय निरज शर्मालाई शनिबार पक्राउ गरेको जनाएको छ । निरजले चलाएको स. ७ प १८६५ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीबाट खटेको प्रहरी…