बुटवल, ९ भदौ । कपिलवस्तुमा दुई पत्रकारसहित थप २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या १ हजार ६५ पुगेको छ । मंगलबार पुष्टि भएका संक्रमित सबै तौलिहवाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मङ्गलवार पुष्टि भएकामा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभीन्युज र अन्नपूर्ण पोस्टका संवाददाता गोपाल भण्डारी…