सुनसरी, १० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुखलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले डिभिजन प्रमुख रामबाबु साहलाई पाँच लाख ५३ हजार रूपैयाँ घुस लिएको अभियोगमा कोशी गाउँपालिका– ८ सुनसरीबाट पक्राउ गरेको हो । घुसबाट उठाएको रकम लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने…