जनकपुरधाम, ७ साउन । महोत्तरीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ । प्रहरीका अनुसार देवर ४९ वर्षीय शेखनारायण महतोले कुटपिट गर्दा बर्दिबास नगरपालिका-१४ निवासी ५५ वर्षीया भाउजु लुखियादेवी महतोको मृत्यु भएको हो । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति घरायसी विवादका क्रममा देवरले भाउजुमाथि कुटपिट गरि घाइते बनाएको लुखियादेवीलाई शुभ स्वास्तिक अस्पताल बर्दिबासमा प्राथमिक उपचार…