भक्तपुर, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा एकै परिवारका चारसहित आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दधिकोटको एउटै परिवारको आमा, दुई छोरी र एक छोरा गरी चारै जनामा कोरोना संक्रमण भएको पाइएको हो । काठमाडौंको सिनामंगलस्थित क्वारेन्टाइनमा बसेर दधिकोटस्थित घरमा फर्किएका उनीहरुलाई कोरोना भाइरस संक्रमण…