गण्डकी प्रदेशमा थप ४२ जना कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, ४ असार । गण्डकी प्रदेशमा ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ८९ पुगेको छ ।