काठमाडौँमा एक महिला मृत फेला

काठमाडौँ, ५ साउन । काठमाडौँको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् । घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् ।…