आज २०७७ साल जेठ ३१ गते शनिबार, आषाढ कृष्ण पक्ष अष्टमी वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रहरूले दिएको वचन…