सशस्त्र प्रहरीका १३ एसपीको एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौँ, ३० चैत । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको निर्णय अनुसार एक, दुई र तीन नम्बरमा क्रमशः विदुर खड्का, भेष बहादुर साह र प्रदीप कुमार पाल बढुवा भएको प्रधान कार्यालयले जनाएको छ ।