असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द हुने

काठमाडौँ, ९ असार । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो…