जनकपुर, २५ चैत । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट भागेकी एक महिलालाई प्रहरीले रातारात पक्राउ गरेको छ । भारतको बिहार राज्यको झँझारपुरबाट एक सातापूर्व गाउँ फर्किएर धनुषाको सपहीमा आइसोलेसनमा रहेकी सिरहाको नरहा गाउँपालिका–३ बस्ने ५५ वर्षीय शैला खातुनलाई प्रहरीले पक्राउ गरी पुनः आइसोलेसनमा राखेको हो । खातुनलाई रुघाखोकी र ज्वरो आएपछि छोराले घरमा बस्न नदिएको बताइन्छ…