बैतडी, ६ जेठ । हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार बेलुका आएको हुरीसँगैको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाता लागेर घरभित्र बसिरहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका छन्…