करेन्ट लागेर पैदलयात्रीको मृत्यु

सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा २२ वर्षीय सार्की शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ…