साउदीमा कामविहीन नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू

काठमाडौँ, २ जेठ । साउदी अरेबियास्थित नेपाली राजदूतावासले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगेर कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।  कामदारको…