काठमाडौँ, ९ पौष । झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको थियो…