काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला हुनसक्ने संभावित विरोध प्रदर्शन रोक्न प्रहरीले २८ जना ‘शंकास्पद व्यक्ति’लाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझदेखि शनिबार मध्याह्नसम्म गरी काठमाडौँको तीनकुने, बिजुलीबजार र थापाथली क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । राष्ट्रपति सी शनिबार अपराह्न साढे ४ बजेदेखि ५ बजेको बीचमा…