पोखरा, २० असोज । दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणसँग बढी भाडा लिएका ६ ओटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ । यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै जिल्ला प्रहरी कार्यालय कास्कीका उपरिक्षक राजकुमार…