काठमाडौँ, १९ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई प्रहरीलाई घुससहित पक्राउ गरेको छ । शुक्रबार सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई रु २० हजार घुससहित पक्राउ गरेको हो । भारतबाट माल सामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपश्चात् पनि सेवाग्राहीसँग घुस मागेको सूचनाका…