काठमाडौँ, १६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको आशन्न नेपाल भ्रमणका लागि सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्रपति सीको औपचारिक भ्रमणको मुख्य सुरक्षा जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको भित्री सुरक्षा व्यवस्था सेनाले लिएको छ । राष्ट्रपति सीको औपचारिक नेपाल भ्रमणको औपचारिक मिति नतोके पनि काठमाडौंं उपत्यकामा उच्चस्तरीय…