काठमाडौँ, ९ असोज । त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट अबैध मोबाइल सहित ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुधबार दिउँसो विमानस्थलको अध्यागमन टोलीले चेकजाँचका क्रममा तिन सय थान मोबाइल भेटेपछि उनीहरुलाई पक्राउ गरेको हो । यस बिषयमा थप विवरण आउन भने बाँकि छ । प्रहरीले पक्राउ परेकाहरुसँग थप अनुसन्धान गरिरहेको जनाएको छ ।