कार्टुन उद्योगमा आगलागी

चितवन, ७ असोज । भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ । आज बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो…