खोलामा खसेर एक जनाको मृत्यु

रौतहट, २७ असार । रौतहटका रामपुकार पटेलको खोलामा डुबेर मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित वेपत्ता भएका थिए । भारतीय सुरक्षाकर्मीहरुले खोलामा डुवेको अवस्थामा पटेल चढेको बीआर ५५ए४१३८ नम्वरको मोटरसाइकल…