उदयपुर, ९ असार । उदयपुरको कटारी नगरपालिका – ४ मरुवाकी २० वर्षीया लक्ष्मी राईको घाँटी रेटी हत्या भएको हो । आइतबार ३० वर्षीया सीता राईले लक्ष्मीको घाँटी रेटी हत्या इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीका अनुसार हत्या भएकी लक्ष्मी सीताकी सौता हुन् । सीतामाथि सौता आएपछि उनको मानसिक अवस्था ठिक नभएको जनाइएको छ…