घाटी रेटेर फालिएकाे अवस्थामा शिशुको शव फेला

काठमाडौँ, ३० जेठ ।  काठमाडौँमा अन्दाजी १० महिनाको शिशुको शव फेला परेको छ । बुधबार राति लाजिम्पाट स्थित सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेर प्लाष्टिकको झोलामा राखिएको अवस्थामा अन्दाजी १० महिनाको शिशुको शव फेला परेको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।