पर्सा, २० असार । केबल टीभीको सिगनल बाइपास गरी राजश्व छली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । बिहीबार वीरगञ्ज महानगरपालिका–८, गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो । गहवान निवासी सञ्चालक विजेन्द्रप्रसाद चौरसिया, दिनेश कहार र वीरगन्ज विर्ता निवासी युवराज भट्टराईलाई…