घुस रकमसहित वडाध्यक्ष पक्राउ

सप्तरी, १६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँलाई सोमबार बिहान सेवाग्राहीबाट लिएको उक्त घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।