कतारमा एक नेपालीको मृत्यु

काठमाडौँ, ३ वैशाख । कतारमा एक जना नेपालीको मृत्यु भएको छ । २ वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेका लमजुङ दूधपोखरी गाउँपालिका—२ बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको सुतिरहेकै अवस्थामा शनिबार राति मृत्यु भएको जनाएको छ । अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको लमजुङ सेवा समाज…