लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते

लमजुङ, २ वैशाख । लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप आइतबार मध्यान्ह लाङ्दीखोलामा दुर्घटना भएको थियो । २१ जना सवार रहेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । घाइते भएकी दूधपोखरी गाउँपालिका–१, कल्लाबारीकी २६…